एप्पलको आईओएस १४ सार्वजनिक

भक्तपुर न्यूज

१० असार २०७७ ९:४७

एप्पलको आईओएस १४ सार्वजनिक

काठमाडौं । एप्पल कम्पनीले आफ्नो ओपरेटिङ सिस्टम आईओएस १४ भर्सन सार्वजनिक गरेको छ । एप्पलले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको वर्ल्ड वाइड डेभलपर कन्फरेन्समा उक्त आईओएस भर्सन सार्वजनिक गरेको हो ।

नयाँ आईओएस भर्सनसँगै अब एप्पलका नयाँ डिभाइसहरुको होम स्क्रिनमा व्यापक अपडेट हुनेछ । होम स्क्रिनमा विड्गेट, एप लाईब्रेरी सुन्दर तरिकाले रिडिजाइन हुनेछ ।

म्यासेजमा पनि शक्तिशाली अपडेट पाउन सकिनेछ । यसबाहेक अब एप क्लिपको मद्दतले आईफोनमा एपहरु नयाँ तरिकाले खोज्न र प्रयोग गर्न सकिनेछ ।

म्यासेज बक्समा पनि शक्तिशाली अपडेट पाउन सकिनेछ । अब म्यापमा एक्सप्लोर गर्ने पनि नयाँ गाईड र विधि पाउन सकिने छन् । एप्पलले नयाँ आईओएस भर्सनसँगै गोपनियताको फिचरलाई थप पारदर्शी र नियन्त्रिण बनाउने छ । यसअलावा एप्पलले धेरै नयाँ फिचर थप गर्नुका साथै पुराना फिचरमा उत्कृष्ट र शक्तिशाली अपडेटहरु गरेको छ ।

प्रकाशित मितिः२०७७ असार १० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *