नेपाल टेलिकमको अनलिमिटेड डाटा प्याक

भक्तपुर न्यूज

९ चैत २०७६ १०:२०

नेपाल टेलिकमको अनलिमिटेड डाटा प्याक

काठमाडौं । नेपाल टेलिकमले अनलिमिटेड सस्तो डेटा प्याक योजना ल्याएको छ। यसबाहेक नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डेटा प्याक लगायत अफरहरु सेमत सस्तोमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

वान आवर अनलिमिटेड प्याकमा एक घण्टा सम्म डेटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ। यो प्याकका लागि २० रुपैयाँमै आवश्यक पर्नेछ।

२० रुपैयाँमा प्याक खरिद गरेपछि एक घण्टासम्म जति पनि डेटा चलाउन वा कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ। यसका लागि सिधै ८१४१५८८३ डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डेटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्ने टेलिकमले जनाएको छ।

त्यसैगरी यो प्याक लिनका लागि एफडी प्प्याक लेखेर १४१५ मा एसएमएस गर्नु पर्ने टेलिकमले जनाएको छ। ‘अनलिमिटेड नाइट डेटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डेटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म र ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

एक रातका निम्ति ‘अनलिमिटेड नाइट डेटा प्याक’ लिनका लागि ८१४१५८३३ मा र ७ रातका लागि लिन ८१४१५८३३२ मा डायल गर्नुपर्छ। त्यसैगरी एक दिनको प्याकका लागि एनयुएनएल र ७ दिनका लागि भए युएनएल ७ टाइप गरी १४१५ मा एसएमएस पठाउन पर्ने टेलिकमले जनाएको छ।

प्रकाशित मितिः २०७६ चैत्र ०९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *