नोकियाले ल्यायो ५ जी स्मार्टफोन , यस्ता छन् विशेषता !

भक्तपुर न्यूज

९ चैत २०७६ ८:४८

नोकियाले ल्यायो ५ जी स्मार्टफोन , यस्ता छन् विशेषता !

काठमाडौं । कुनै समय मोबाइल उत्पादकहरुको दुनियाँमा एकछत्र राज गरेको नोकिया कम्पनीले पहिलो पटक ५ जी स्मार्टफोन बजारमा ल्याएको छ । नोकियाको आधाकारिक वितरक एचएमडी ग्लोबलले नोकिया ८.३ ५जी स्मार्टफोन लन्च गरेको हो ।

यस्ता छन् विशेषता

यो प्रिमियम मिड रेन्जको स्मार्टफोन हो । यो नोकिया ८.१ को अपग्रेड भर्सन हो । यो फोनमा स्न्यापड्रागन ७६५ प्रोसेसर रहेको छ जून ५ जी मोडेमसहित आउँछ ।

फोन पन्च होल डिस्प्ले डिजाइनमा रहेको छ । नोकिया ८.३ स्मार्टफोनमा फूलएचडी प्लस रिजोल्यूशन तथा अलवेज अन एचडिआर सपोर्ट रहेको छ ।

फोनमा ६.८ इन्चको प्योरडिस्प्ले स्क्रीन रहेको छ । फोनमा थ्रीडी गोरिल्ला ग्लास प्रोटेक्सन दिईएको छ । यो फोन पोलर नाइट कलर अप्सनमा आउँछ । नोकियाको यो फोनमा फोटोग्राफीका लागि प्यारेभ्यू क्वाड क्यामरा सेटअप दिईएको छ ।

यो सेटअपको प्राइमरी क्यामरा ६४ मेगापिक्सेलको छ भने ४ के अल्ट्रा एचडी सपोर्टका साथ १२ मेगापिक्सेलको वाइड एंगल क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा तथा २ मेगापिक्सेलको डेप्थ क्यामरा छ ।

सेल्फीका लागि फ्रन्टमा २४ मेगापिक्सेलको क्यामरा राखिएको छ । फोनमा ४,५०० एमएएचको ब्याट्री प्याक छ भने एन्ड्रोयड १० मा संचालन हुन्छ ।

नोकिया ८.३ ५जी स्मार्टफोनको स्टोरेज क्षमता अनुसार ५ सय ९९ देखि ६४९ यूरोसम्म मूल्य तोकिएको छ ।एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र ०९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *