सीजीका सबैभन्दा बढी रेन्ज भएका कूलरहरू नेपाली बजारमा
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले यो गर्मी महिनालाई लक्षित गरी विभिन्न किसिमका आकर्षक एवं गुणस्तरीय कूलरहरू नेपाली बजारमा ल्याएको छ ।
सीजीले यी कूलरहरू विभिन्न प्रकार र साइजमा उपलब्ध गराएको छ । जसमा डेजर्ट कूलर, पर्सनल कूलर, विन्डो कूलर र टावर कूलर रहेका छन् । हेर्दा निकै नै आकर्षक देखिने यी कूलरहरूमा अनेकौं विशेषताहरू पनि रहेका छन् ।
ती विशेषताहरूमा कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठूलो पानीको ट्यांकी, हनिकम्ब प्याड, पावरफूल मोटर, मल्टिडाइमेन्सनल एयरफ्लो, कास्टोर मोबिलिटी, आइस च्याम्बर, डस्ट फिल्टर नेट, कार्बन फिल्टर, भिटामिन सी फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली रहेका छन् ।
यी कूलरहरू सजिलैसँग चलाउन रिमोट पनि उपलब्ध गराएको छ । सबैभन्दा धेरै रेञ्ज भएको यी कूलरहरू अब छानीछानी आफ्नो आवश्यताअनुसार सजिलै खरिद गर्न सक्ने सीजीले जनाएको छ ।यी कूलरहरूमा १२ महिनाको वारेन्टी समेत उपलब्ध छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०६ बिहीबार