ओपोद्वारा नेपालमा ओपो एफ१५ सार्वजनिक
काठमाडौं । ओपोले नेपाली बजारमा ओपो एफ १५ फोन सार्वजनिक गरेको छ । आपोले सार्वजनिक गरेको एफ १५ मोबाइलमा ६.४ इन्चको एमोलेड डिस्प्ले रहेको छ ।
यसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स सहित चारवटा रियर क्यामेरा छन् । ओपो एफ १५ मा मिडियाटेकको हेलियो पी ७० प्रोसेसर राखिएको छ । यसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यो फोनमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज राखिएको छ ।
४००० एमएएचको ब्याट्री रहेको यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । ओपो एफ १५ एन्ड्रोइड अपरेटिङ सिस्टम पाईमा आधारित रहेको छ । नेपाली बजारमा ओपो एफ १५ को मूल्य ३९,९९० रहेको छ । ओपो एफ १५ अफलाइन बजारमा मार्च २३ देखि उपलब्ध हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५