मोबाइल हरायो ? अब चिन्ता नलिनुस् !

भक्तपुर न्यूज

३ चैत २०७६ ९:५४

मोबाइल हरायो ? अब चिन्ता नलिनुस्  !

काठमाडौं । मोबाइल हराएर भौतारिरहनु भएको छ । अब चिन्ता नलिनुस् निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ । नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको हो ।

विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता गर्न र मोबाइल चोरी भएका पत्ता लगाउन प्राधिकरणले २ बर्षदेखि यो सेवा जारी राखेको छ।

मोबाइल हराएको आवेदन प्राप्त भए पछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र नेपाल प्रहरीसँगको सहकार्यमा मोबाइल खोजिने गरेको छ ।

अनलाइन रजिष्ट्रर गरेपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ। त्यही कल डिटेल प्रहरीलाई दिएपछि मोबाइल खोजी सुरु हुन्छ ।

अनलाइनमार्फत आइएमइआइ नम्बर दर्ता गर्ने बिक्रेता ३० र व्यक्तिगत भने २ सय १० पुगेको छ। ग्राहकले मोबाइल हराएपछि eir.nta.gov.np वेबसाइटमा दर्ता गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र ३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *