नेपालमा पनि नपोलेरै इँटा उत्पादन गर्ने कोरियन प्रविधि

भक्तपुर न्यूज

२१ फागुन २०७६ ११:१६

नेपालमा पनि नपोलेरै इँटा उत्पादन गर्ने कोरियन प्रविधि

काठमाडौं । आगोले नपोली इँटा उत्पादन व्यवसाय सुरू गरिएको छ । इन्नोसिएसआरले असल इँटा पद्वतीको व्यवसाय सुरु गरेको हो ।

इन्नोसिएसआर सन् २००८ मा स्थापना भएको कोरियन कम्पनी हो । यसले कोरिया, मलेसिया, फिलिपिन्स, चीनमा यही प्रविधिबाट इँटा उत्पादन गर्दै आएको जनाएको छ । यो प्रविधिबाट इँटा उत्पादन गर्दा स्वास्थ्य एवं वातावरणमा असर नपार्ने कम्पनीले जनाएको छ । यो प्रविधिको प्रयोग गरी गोरखा इन्नोटेक प्रालिले इँटा उत्पादन सुरू गरेको छ ।

द्योगले वार्षिक करिब २ करोड इँटा उत्पादन गर्ने जनाएको छ । यो प्रविधिबाट उत्पादित इँटाको कडापन १० प्लस एमपीए रहेको प्रमाणित पुल्चोक इन्जिनियरिङ क्याम्पसले गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्याम योनसुक लीले यो प्रविधिबाट उत्पादन गर्दा १० गुणा उत्पादकत्व वृद्धि गर्ने बताए । इन्नोसिएसआरले प्रविधि मात्रै उत्पादन गर्छ, उत्पादन भने गर्दैन ।

प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *