विश्वका सर्वाधिक लोकप्रिय १० स्मार्टफोन यी हुन्

भक्तपुर न्यूज

१७ फागुन २०७६ ८:५३

विश्वका सर्वाधिक लोकप्रिय १० स्मार्टफोन यी हुन्

काठमाडौँ । गत वर्ष सन् २०१९ मा विश्व बजारमा बिक्री भएका स्मार्टफोनको संख्याका आधारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचि यस्तो छः

१. एप्पल आइफोन एक्स आर 

सन् २०१८ मा बजारमा आएको आइफोन एक्स आर एप्पलको सर्वाधिक लोकप्रिय प्रडक्टमध्ये एक हो । यो आइफोन सन् २०१९ मा विश्व स्मार्टफोन बजारको सर्वाधिक लोकप्रिय स्मार्टफोनको रुपमा रहेको छ । सन् २०१९ मा ४ करोड ६३ लाख गोटा आइफोन एक्स आर बिक्री भएको छ ।

२. एप्पल आइफोन ११

विश्वमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको दोश्रो स्थानमा एप्पलको आइफोन ११ रहेको छ । सेप्टेम्बरमा मात्र लञ्च भएको आइफोन ११ गत वर्ष ३ करोड ७३ लाख थान बिक्री भएको छ ।

३. सामसुङ ग्यालेक्सी ए १०

विश्वको सर्वाधिक लोकप्रिय स्मार्टफोनको तेश्रो स्थानमा सामसुङको ग्यालेक्सी ए १० स्मार्टफोन रहेको छ । गत वर्ष सामसुङले ३ करोड गोटा ए १० बिक्रि गर्न सफल भयो ।

४. सामसुङ ग्यालेक्सी ए ५०

लोकप्रिय स्मार्टफोनको चौथो स्थानमा सामसुङकै बजेट स्मार्टफोन ग्यालेक्सी ए ५० रहेको छ । गत वर्ष २ करोड ४२ लाख गोटा ग्यालेक्सी ए ५० बिक्रि भएको छ ।

५. सामसुङ ग्यालेक्सी ए २०

सामसुङका ए सिरिजका स्मार्टफोनले गत वर्ष स्मार्टफोन उपभोक्ताहरुको मन जित्न सफल भए । लोकप्रियताको पाँचौँ स्थानमा रहेको ए २० स्मार्टफोन गत वर्ष १ करोड ९२ लाख गोटा बिकेको छ ।

६. आइफोन ११ प्रो म्याक्स

एप्पलका महंगा आइफोन बिक्री हुँदैनन् भन्ने मान्यतालाई चुनौति दिन सफल आइफोन ११ प्रो म्याक्स गत वर्ष सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको छैटौं स्थानमा परेको छ । सन् २०१९ मा १ करोड ७६ लाख गोटा आइफोन ११ प्रो म्याक्स बिक्री भएका छन् ।

७. आइफोन ८

हुनत एप्पलको आइफोन ८ लञ्च भएको दुई वर्ष नाघिसकेको छ । तर आइफोन एटको लोकप्रियता घटेको छैन । सन् २०१९ मा १ करोड ७० लाख गोटा आइफोन एट बिक्री भए ।

८. साओमी रेडमी नोट सेभेन

एप्पल र सामसुङबाहेक विश्वको सर्वाधिक लोकप्रिय टपटेन स्मार्टफोनको सूचिमा पर्न सफल भएको एकमात्र स्मार्टफोन साओमीको रेडमी नोट सेभेन बनेको छ । गत वर्ष यो चिनिया फोन १ करोड ६४ लाख गोटा बिक्री भएको छ ।

९. एप्पल आइफोन ११ प्रो

सर्वाधिक बिक्री भएको स्मार्टफोनको नबौं स्थानमा आइफोन ११ प्रो रहेको छ । जुन १ करोड ५५ लाख गोटा बिकेको छ ।

१०. सामसुङ ग्यालेक्सी जे टू कोर

सन् २०१९ मा स्मार्टफोन बजारमा भएको बिक्रिका हिसाबले दशौं सर्वाधिक लोकप्रिय स्मार्टफोनको रुपमा सामसुङको ग्यालेक्सी जे टू कोर परेको छ । सामसुङको यो बजेट स्मार्टफोन १ करोड ५२ लाख गोटा बिकेको छ । एजेन्सी

प्रकाशित मितिः शनिबार, फागुन १७


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *