कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन

भक्तपुर न्यूज

९ फागुन २०७६ १०:५५

कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन

काठमाडौँ । सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए ।

उनले नै ‘कट’, ‘कपी’ र ‘पेस्ट’ जस्ता कमान्डको निर्माण गरेका थिए जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर्न सजिलो भएको थियो ।

उनले अधिकांश समय काम गरेको ‘जेरक्स’ कम्पनीले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ‘कट, कपी र पेस्ट, फाइन्ड एण्ड रिप्लेस लगायतका आविष्कारक जेरक्सका पूर्व अनुन्धानकर्ता ल्यारी टेस्लर थिए,’ कप्पनीले ट्वीटमा भनेको छ, ‘तपाईंले गर्ने दैनिक काम उनकै क्रान्तिकारी विचारले सजिलो बनेको छ ।’

टेस्लरको जन्म सन् १९४५ मा अमेरिकाको न्युयोर्कमा भएको थियो । उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । एजेन्सी

प्रकाशित मितिः २०७६ फाल्गुन ९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *