डिशहोम लक्की ड्रका बिजेताले जिते एक लाख नगद

भक्तपुर न्यूज

८ फागुन २०७६ १०:३८

डिशहोम लक्की ड्रका बिजेताले जिते एक लाख नगद

काठमाडौं । डिशहोमले ‘डिशहोम मा डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।

योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण भएको थियो । पहिलो लाइभ लक्की ड्रबाट बिजय भएका डिशहोमको सेटअप बक्सको केस नम्बर 02519107484 , कावाशोती, नवलपरासीका सुदिप मरासिनी र 02519110650 , पोखरा कास्कीकी बिनिता गुरुङ्ग लाई प्रति व्यक्ति एक लाख नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने लाइभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।

फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मितिः २०७६ फागुन ०८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *