ओप्पोले २ मार्चमा ड्युल सेल्फी क्यामेरासहितको ‘रेनो ३ प्रो’ सार्वजनिक गर्दै
काठमाडौं । चिनिया स्मार्टफोन मेकर ओप्पोले आगामी स्मार्टफोन रेनो ३ प्रो (Reno 3 Pro) अर्को महिना भारतमा सार्वजनिक गर्ने भएको छ ।
रिपोर्टका अनुसार कम्पनीले यस स्मार्टफोनलाई २ मार्चका दिन भारतमा सार्वजनिक गर्नेछ । कम्पनीले आफ्नो सोसल मिडिया ह्याण्डलबाट यस जानकारीलाई कन्फर्म गरेको छ । भारतमा सार्वजनिक भएसँगै यस स्मार्टफोन नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।
ओप्पो रेनो ३ प्रो (Oppo Reno 3 Pro) को विशेषता भनेकै सेल्फी क्यामेरा हो । यसमा ४४ मेगापिक्सलको ड्युल पञ्चहोल सेल्फी क्यामेरा दिइनेछ ।
ई–कमर्स वेबसाइट आमेजन इन्डिया र फ्लिपकार्टमा यस स्मार्टफोनको टिजर सार्वजनिक गरिएको छ । यस स्मार्टफोनलाई हामीले आमेजन इन्डिया र फ्लिपकार्टबाट पनि खरिद गर्न सक्छौं ।
रेनो ३ प्रो (Reno 3 Pro) मा ड्युल सेल्फी क्यामेराको साथमा चार रियर क्यामेरा सेटअप दिइएको छ । यस ओप्पो रेनो ३ प्रो(Oppo Reno 3 Pro) को फाइभ जी भेरियन्ट चीनमा भने सार्वजनिक भइसकेको छ ।
तर, उक्त स्मार्टफोनमा सिङ्गल सेल्फी क्यामेरा दिइएको छ । अब भारतमा सार्वजनिक हुन लागेको रेनो ३ प्रो (Reno 3 Pro) मा भने ड्युल सेल्फी क्यामेरा दिइनेछ ।
अहिलेसम्म कम्पनीले यस स्मार्टफोनलाई ड्युल पञ्चहोल सेल्फी क्यामेराको साथमा प्रचार गरिरहेको छ । रेनो ३ प्रोको लागि तयार गरिएको डेडिकेटेड पेजमा पनि यसलाई लाइभ गरिएको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार