नोकिया सी वान स्मार्टफोन नेपाल बजारमा
काठमाडौं । सस्तो सिरिजको नयाँ नोकिया स्मार्टफोन सी वान नेपाली बजारमा भित्रिएको छ । ३६५ दिनको रिप्लेसमेन्ट सुबिधा सहितको यो स्मार्टफोन नेपालमा ६ हजार ४९९ रुपैयमा उपलब्ध हुने छ ।
नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटक प्रा.लि. ले बेस्ट बजेट स्मार्टफोनका रुपमा यो स्मार्टफोन बाजरमा भित्र्याएको हो । १ जीवी र्याम, १६ जीवी स्टोरेजका साथमा माइक्रो एसडी कार्ड राख्ने मिल्ने हुनु यसको मुख्य विशेषता हो । एफएम रेडियो र डुअल सीम फिचरको यो फोनमा २५०० एमएएचको ब्याट्रि छ ।
थ्रीजी सपोर्ट गर्ने यो फोनमा एन्ड्रोइड ९ गो अपरेटिङ सिस्टम जडित छ । एलइडी फ्ल्यास लाइट सहितको ५ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ड क्यामरा रहेको ष्यो फोनमा ३.५ एमएम हेडफोन ज्याक छ । क्वाडकोर १.३ गिगाहर्ज सीपीयु र मिडियाटेक हिलियो ए २२ चिपसेट रहेको यो फोनको डिस्प्ले ५.४५ इन्चको आइपीएस एलइडी छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार