पासवर्ड ह्याक भएको छ? गुगलमार्फत् पत्ता लगाउनुहोस्
काठमाडौँ । सुरक्षित इन्टरनेट दिवसको अवसरमा मङ्गलबारका दिन (फेब्रुवरी ११)मा गुगलले नयाँ सुविधा थपेको छ। यसबाट तपाईंले आफ्नो पासवर्ड ह्याक भएको छ वा छैन भन्ने थाहा पाउन सक्नुहुन्छ ।
यसबाहेक गुगलको पासवर्ड चेकअप फिचरले तपाईंले कतिपटक एउटै पासवर्ड प्रयोग गर्नुभएको छ र गुगलसँग जोडिएका तपाईंका कुन–कुन पासवर्ड कमजोर छ पनि पत्ता लगाउनेछ ।
कसरी परीक्षण गर्ने ?
गुगलको पासवर्ड चेकअप सेवा प्रयोग गर्न पासवर्डस् डट गुगल डट कमबाट जान सक्नुहुन्छ। यसबारे गुगल इन्डियाले ट्वीट पनि गरेको छ-
यसले तपाईंको गुगल एकाउन्टसँग जोडिएका वेभसाइट र एपहरूको सूची पनि देखाउँछ। त्यसबाट तपाईंले ती एप वा वेभसाइटका लागि आफ्नो पासवर्ड परिवर्तन गर्न वा हटाउन सक्नुहुन्छ।
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९