मोवाइलको चार्ज टिक्न नदिने १७ खराब एप (सूचिसहित)
काठमाडौँ । मोवाइलको व्याट्री नटिकेर तपाई पनि हैरान नै हुनुहुन्छ होला । नयाँ मोवाइल भए पनि व्याट्री नटिकेपछि कमसल सामान पो खरिद गरियो कि भन्ने दुविधा मनमा पर्छ ।
तर मोवाइलमा चार्ज नटिक्नुको एउटा मुख्य कारण आफ्नो मोवाइलमा भएका खराब एप पनि रहेको अनुसन्धानबाट खुलेको छ ।अनुसन्धानकर्ताहरुले गुगल प्ले स्टोरमा १७ वटा खराब एप्स पत्ता लगाएका छन् । जसले फोनको ब्याट्रीलाई छिटो खत्तम गरिदिने उल्लेख छ ।
एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्तालाई एक पटक फेरि चेतावनी दिदै रोमानियाको एन्टी भाइरस सफ्टवेयर एन्ड सेक्योरिटी कम्पनी बिटडिफेन्डरको अनुसन्धानले त्यस्ता एप्स तत्कालै डिलिट गर्न समेत सुझाएको छ ।
यस्ता छन ब्याट्री टिक्न नदिने १७ खराब एपः-
-कार रेसिङ
-४ के वालपेपर
-ब्याकग्राउन्ड ४ के एचडी
-क्युआर कोड रिडर एन्ड बारकोट स्क्यानर प्रो
-फाइल म्यानेजर प्रो– म्यानेजर एसडि कार्ड
-भिमोओ सिटीः स्पीड रेसिंग ३ डी
-बारकोट स्क्यानर
-स्क्रीन स्ट्रिम मिररिंग
-क्युआर कोड–स्क्यान एन्ड रीड बारकोड
-पीरियड ट्रयाकर–साइकल ओव्युलेशन वीमन्स
-क्युआर एन्ड बारकोड स्क्यान रिडर
-वालपेपर ४ के, ब्याकग्राउन्ड एचडी
-ट्रान्सफर डेटा स्मार्ट
-एक्सप्लोरर फाइल म्यानेजर
-टुडे वेदर राडार
-मोवनेट आईओः बिग फिस फ्रेन्जी
-क्लक एलइडी
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार