अनलाइत सपिङ कम्पनी दराजलाई ३ लाख जरीवाना
काठमाडौं । अनलाइत सपिङद्वारा गा्रहकहरुलाई कमसल सामान बेचेको भन्दै दराज केमु प्रालिलाई तीन लाख जरीवाना गरीएको छ।दराजले अनलाइन सपिङ भनेर अनुचित व्यापार गरेको भन्दै वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
अनलाइनको नाममा कार्गौ व्यापार गरेको तथ्य फेला परेपछि कारबाही प्रक्रिया अगाढी बढाइएको बिभागले बताएको छ।
यसभन्दा पहिले पनि दराजका बिरुद्ध उजुरी परेको थियो सोहिका आधारमा गरीएको अध्ययन अनुगमनका क्रममा भेटिएको प्रमाण तथा अनुसन्धानका आधारमा अनुचित व्यापार गरेको भेटिएकाले कारबाही गरीएको वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ ।
विसं २०७३ फागुन १४ गते कम्पनी रजिस्टारको कार्यालयमा क्यामु दराज कम्पनी प्रालि नाममा दर्ता भएको कम्पनीले अनलाइन विज्ञापन, सफ्टवेयर विकास र कार्गो उद्योग संचालन गर्ने उल्लेख छ ।
प्रकाशित मितिः २०७६ माघ २४ शुक्रबार