फाइभजी भन्दा आठ हजार गुणा छिटो हुनेछ सिक्सजी
काठमाडौं । विश्वभर तिब्र गतिको फाइभजी सेवाको विस्तारले तिब्रता पाइरहेको छ । नेपालमा फोरजी सेवा बल्ल ७७ जिल्लामा पुगेको छ । यसबीच वैज्ञानिकहरु भने सिक्सजी प्रविधिका लागि अध्ययनलाई तिब्रता दिएका छन् ।
अनुसन्धानकर्ताहरु टेलिकम्युनिकेसनमा आधारित फाइभजीपछिको पुस्ताको प्रविधि सिक्सजी फाइभजीभन्दा आठ हजार गुणा तिब्र गतिको हुने बताइएको छ । हाल चीन, जापान लगाएतका मुलुक सिक्सजीमा अध्ययन गरिरहेका छन् ।
चीनको मिनिस्ट्री अफ साइन्स एण्ड टेक्नोलोजीले हालै मात्र सिक्सजी वायरलेस नेटवर्कको लागि काम गर्न शुरु गरेको छ । अध्ययनमा काम गरिरहेका अधिकारीहरुका अनुसार सिक्सजी करिब १ टेराबाइट प्रतिसेकेण्डको दरमा स्पीडको हुनेछ ।
अध्ययनका लागि चीनले दुई समूहको गठनसमेत गरेको छ । फाइभजी सेवा अहिले इन्टरनेट अफ थिंग्सका लागि निकै उपयोगी भएको वा हुनसक्ने समयमा आगामी पुस्ताको प्रविधि सिक्सजीले भने कनेक्सनको क्षेत्रमा अहिलेको प्रविधिहरुलाई नयाँ परिभाषा दिनसक्ने अपेक्षा गरिएको छ ।
सिक्सजी नेटवर्कको विकास र यसको व्यावसायिक प्रयोगमा हामी अहिले निकै पर छौं, र उच्चगतिको न्यून लेटेन्सी भएको प्रविधिको प्रयोगको बारेमा हामी अझै अस्पष्ट छौं । तरपनि, अहिलेको अवस्थाअनुसार अनुमान गर्ने हो भने हामीहरुले सिक्सजी प्रविधि आएपछि भने उच्च गुणस्तरका ४के कन्टेन्ट भएका ४०/५० मुभीहरु केबल आफ्नो डिभाइसमा केहि सेकेण्डमा नै डाउनलोड गर्न सकिनेछ ।
नेपालमा भने हाल फाइभजी नै आवश्यक नरहेको बताइन्छ । उच्च गतिको इन्टरनेटको उपयोगिताको ज्ञारेन्टी नभएसम्म फाइभजी विस्तारको अर्थ नहुने विज्ञहरुको भनाइ छ । नेपालका टेलिकम कम्पनीहरुले हालको फोरजीमै स्पिट बडाउने योजनाहरु लागू गरिरहेका छन् । चौधरी ग्रुपले भने नेपालमा फाइभ जी प्रविधि ल्याउने भनेर चीनको ह्वावे कम्पनीसँग सम्झौता गरिसकेको छ भने नेपालभित्र पूरा गर्नु पर्ने कानूनी उल्झनमा कम्पनी छ ।
प्रकाशित मितिः २०७६ माघ २४ शुक्रबार