हुम्लामा फाेर जी इन्टरनेट सेवा सुरु

भक्तपुर न्यूज

२३ माघ २०७६ १०:३२

हुम्लामा फाेर जी इन्टरनेट सेवा सुरु

सिमकोट । हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकमको फोर जी इन्टरनेट सेवा सञ्चालनमा आएको छ। यसअघि नेपाल टेलिकमै थ्री जी सेवा मात्रै सञ्चालनमा रहेको हुम्लामा फोर जी सुरु भएपछि सेवाग्राहीले खुसी व्यक्त गरेका छन्।

यसअघि मोबाइलमा थ्री जी र एडिएसएलबाट इन्टरनेट चलाउँदा ज्यादै ‘स्लो’ हुने समस्या भोग्नु परेको भन्दै व्यापारी नरबहादुर जेठाराले फोर जीले काम गरेपछि मोवाइलमा इन्टरनेट द्रुतगतिमा चल्न थालेको बताए।

सदरमुकाम सिमकोटमा तीन लाइनबाट फोर जी सेवा सञ्‍चालनमा आएको टेलिकम हुम्लाका प्रमुख शिव प्रसाद भट्टराईले बताए। दुई दिन लगाएर तीन वटै लाइन सञ्चालनमा आउँदा सेवाग्राहीहरुलाई सहज भएको छ।

घण्टौँसम्म मोबाइलमा इन्टरनेट नचलेर घुमिरहने सेवाबाट मुक्ति मिलेको प्रमुख भट्टराईले बताए। हुम्ला जिल्लामा फोर जी इन्टरनेट सेवा पहिलो पटक सञ्चालनमा आएको हो।

प्रकाशित मितिः २०७६ माघ २३ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *