नोकिया C1 नेपालमा सार्वजनिक , एकवर्ष रिप्लेसमेन्ट ग्यारेन्टी

भक्तपुर न्यूज

२१ माघ २०७६ १०:३२

नोकिया C1 नेपालमा सार्वजनिक , एकवर्ष रिप्लेसमेन्ट ग्यारेन्टी

काठमाडौं । नोकिया C1 स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । यसमा ५.४५ इन्चको आइपीएस एलसिडी डिस्प्ले रहेको छ । नोकिया C1 मिडिया टेक हेलियो ए २२ चिपसेट प्रयोग गरिएको छ ।  यो फोन १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ ।

एन्ड्रोइड ९ (पाई) मा आधारित रहेको नोकिया C1 मा अगाडी पछाडी ५ मेगापिक्सेल क्यामेरा सहित एलइडी फ्ल्यास राखिएको छ । यसमा २५ सय एमएएचको ब्याट्री रहेको छ ।

नोकिया C1 को मूल्य नेपाली बजारमा ६ हजार चारसय ९९ रुपैयाँ रहेको छ । यस फोनमा एकवर्षको लागि रिप्लेसमेन्ट ग्यारेन्टीको सुविधा उपलब्ध रहेको छ । नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटकले यो स्मार्टफोन ग्राहकले अत्याधिक रचाउने विश्वास व्यक्त लिएको छ ।

प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *