सार्वजनिक भयो साओमीको ‘पोको एक्स २’, यस्ता छन् फिचर्स

भक्तपुर न्यूज

२१ माघ २०७६ १०:०१

सार्वजनिक भयो साओमीको ‘पोको एक्स २’, यस्ता छन् फिचर्स

काठमाडौं । चिनिया स्मार्टफोन कम्पनी साओमी (Xiaomi)को सबसिडरी पोको (POCO)ले भारतमा पोको एक्स २ (POCO X2) सार्वजनिक गरेको छ । कम्पनीको पोको एफ १ (POCO F1) पछिको यो दोस्रो स्मार्टफोन हो ।

पछिल्लो वर्ष डिसेम्बरमा साओमी (Xiaomi)ले चीनमा रेड्मी के ३० (Redmi K30) सार्वजनिक गरेको थियो । सोही स्मार्टफोनलाई कम्पनीले केही परिवर्तन गरेर भारतमा मंगलबार पोको एक्स २ (POCO X2)को रुपमा सार्वजनिक गरेको हो । भारतमा सार्वजनिक भएसँगै यस स्मार्टफोन नेपाली स्मार्टफोनको बजारमा पनि चाँडै उपलब्ध हुनेछ ।

पोको (POCO)को आक्रमक मूल्य र हाई एण्ड स्पेसिफिकेसन्स नै विशेष विशेषता हो । कम्पनीले यस पटक मूल्य र स्पेसिफिकेसन्सबाट आफ्नो प्रयोगकर्ताहरुलाई निराश पारेको छैन ।

पोको एक्स २ को सुरुसवाती मूल्य १५,९९९ भारु राखिएको छ । यो मूल्य ६ जीवी ¥याम र ६४ जीवी इन्टरनल स्टोरेज भेरियन्टको लागि हो । त्यस्तै ६ जीवी प्लस १२८ जीवी भेरियन्टका लागि १६,९९९ भारु तोकिएको छ ।

यता ८ जीवी प्लस २५६ जीवी भेरियन्टका लागि १९,९९९ भारु तोकिएको छ । यस स्मार्टफोनको विक्री–वितरण ११ फेब्रुअरीबाट सुरु गरिने जानकारी गराइएको छ ।

पोको एक्स २ मा ६.६७ इञ्चको फुल एचडी प्लस डिस्प्ले दिइएको छ । यो एचडीआर १० माथि Cornig Gorilla Glass 5 को प्रोटेक्शन हो । यस स्मार्टफोनको अर्को विशेषता भनेको यसमा १२० एचजेड रिफ्रेस रेटवाला डिस्प्ले हो । जसको कारण यस स्मार्टफोन अन्य स्मार्टफोनको तुलनामा केही स्मुथ लाग्नेछ ।

पोको एक्स २ मा एन्ड्रोइड १० बेस्ड शाओमीको कस्टम युजर इन्टरफेस MIUI 11 दिइएको छ । यो स्मार्टफोन Qualcomm Snapdragon 730G मा आधारित छ, भने ग्राफिक्सको लागि Adreno 618 दिइएको छ ।

यसमा फोटोग्राफीको लागि चार रियर क्यामेरा दिइएको छ । प्राइमरी लेन्स ६४ मेगापिक्सलको दिइएको छ । त्यस्तै दोस्रो ८ मेगापिक्सल र तेस्रो दुई मेगापिक्सलको दिइएको छ । सेल्फीको लागि एउटा २० मेगापिक्सल र दोस्रो २ मेगापिक्सलको दिइएको छ ।

यस स्मार्टफोनमा साइड माउन्टेन फिङ्गरप्रिन्ट स्केनर दिइएको छ । यसको व्याट्री 4,500mAh दिइएको छ । यसमा २७ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ । कनेक्टिभिटीका लागि युएसभी टाइप सी दिइएको छ ।

प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *