गुगलले ल्यायो ‘टङ्गी’एप
काठमाडौं । पछिल्लो पटक सबैभन्दा बढी डाउनलोड हुने एप मध्येमा टिकटक पनि पर्छ। छोटो भिडियो बनाउने यो एपको चर्चा पनि उस्तै छ। नेपालमा मात्रै होइन भारत लगायत विश्व भरिनै टिकटक एप निकै चर्चित छ। नेपालमा त टिकटकमा छोटो भिडियो बनाएकै भरमा कतिपए सेलिब्रेटि नै बनिसकेका छन्।
अब गुगलले पनि टिकटकलाई टक्कर दिने गरि नयाँ छोटो भिडियो एप ल्याएको छ। टङ्गी नाम दिइएको उक्त एपमा टिकटकमा जस्तै भिडियो बनाउन सकिने जनाइएको छ।
टङ्गीमा ६० सेकेन्डको भिडियो बनाउन सकिने छ। उक्त भिडियो सामाजिक संजालमा पनि शेयर गर्न मिल्छ। अन्तर्राष्ट्रिय संचार माध्यामहरु यसलाई टिकटको पछिल्लो अपडेटको जस्तो रहेको बताइरहेका छन्।
तर, गुगलले भने यसलाई एपको प्रयोग गरेर सिप सिक्न तथा शिक्षा लिन सकिने बताएको छ। उक्त एपमा लाइफस्टाइल, आर्ट, फेसन, ब्युटिमा वार्गिकरण गरेको छ।
गुगलले निर्माण गरेको यो एप आइफोनको एप स्टोरबाट निःशूल्क डाउनलोड गर्न सकिने छ। तर एप गुगल प्ले स्टोरमा भने राखिएको छैन। एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न केही समय कुनुपर्ने छ।
एप स्टोरबाट यो एप डाउनलोड गरेपनि तत्कालै छोटो भिडियो बनाएर अपलोड भने गर्न मिल्दैन। एपले केही समयको लागि वेटिङ लिस्टमा राख्ने छ। यस्तै एप युरोपियन युनियनका देशमा भने नचल्ने गुगलले प्रस्ट पारेको छ। टङ्गी एपको नाम टिच एन्ड गिभ बाट राखिएको गुगलले बताएको छ। त्यसैले यो मनोरन्जको लागिभन्दा बढी सिकाइमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २० सोमबार