सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

भक्तपुर न्यूज

१६ माघ २०७६ ८:४७

सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

काठमाडौं । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४ के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ ।

सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *