रोबोट ‘व्योममित्र’ अन्तरिक्ष जाने तयारीमा

भक्तपुर न्यूज

१२ माघ २०७६ ९:०२

रोबोट ‘व्योममित्र’ अन्तरिक्ष जाने तयारीमा

काठमाडौं । भारतीय अनुसन्धान केन्द्र (इसरो) ले पहिलो हुमोनोइड रोबोटको पहिलो नमुना पेश गरेको छ । रोबोटको नाम ‘व्योममित्र’ हो । सन् २०२१ मा मानव अन्तरिक्ष मिसनका लागि तयार गरिएको व्योममित्रले पुरुष अन्तरिक्ष यात्रीको मद्धत गर्ने छिन् । ‘गगनयान’ कार्यक्रमको अन्तरिक्ष यात्रीसँग जानु अघि उनलाई मानवरहित मिसनमा पठाइनेछ ।

‘सबैलाई नमस्कार, म व्योममित्र हुँ ।’ ‘मलाई अर्ध मानव रोबोटको नमुनाको रुपमा पहिले मानवरहित मिसनका लागि बनाएको हो,’ व्योममित्रले भनिन् । उनलाई पुरै यानको मापडण्डको निगरानी राख्ने, जीवन रक्षक प्रणलीको काम र स्विच प्यानलको सञ्चालनसहित विभिन्न कामको जिम्मा दिने बताइएको छ ।

व्योममित्र अर्ध हुमोनोइड रोबोट हो । उनको खुट्टा छैन । यो रोबोट सजिलै दाँया(बाँया र अगाडी झुक्न सक्छ ।

इसरोको अध्यक्ष डा। के। सिवनका अनुसार, अहिले मानवरहित मिसनमा यो रोबोटको प्रयोग पर्यावरण कन्ट्रोल सर्पोट सिस्टमको जाँच गर्नका लागि हो । यो रोबोटले पनि अन्तरिक्ष यात्रीले जस्तै काम गर्ने क्षमता राख्छ । अरुभन्दा अलग देखिने व्योममित्र अल्गोरिथम तर्क शक्तिमा अधारित छ ।एजेन्सी

प्रकाशित मितिः २०७६ माघ १२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *