रेनो ट्राइबर, अल्ट्रा मोड्युलर गेम चेन्जर कार सार्वजनिक

भक्तपुर न्यूज

९ माघ २०७६ ९:०८

रेनो ट्राइबर, अल्ट्रा मोड्युलर गेम चेन्जर कार सार्वजनिक

काठमाडौं । २८ लाख २० हजार रुपैयाँ मूल्यमा रेनो ट्राइबरको बिक्री सुरु भएको छ।कम्पनीका अनुसार ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी हो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेस छ।

“गेम चेन्जर–रेनो ट्राइबर नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं। ट्राइबरले भारतमा एक सफल अवधारणाको रुपमा आफूलाई स्थापना गरिसकेको छ।,” रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने।

ट्राइबर कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो। कम्पनीका अनुसार ट्राइबर ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ।एडभान्स अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले रेनो ब्राण्ड विस्तारका लागि स्पस्ट नीति रहेको बताए। उनका अनुसार ट्राइबरले नेपालमा पनि नयाँ बेन्चमार्क स्थापना गर्नेछ।

प्रकाशित मितिः २०७६ माघ ०९ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *