साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन
काठमाडौँ । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।
कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । “मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो”, प्रमुख खतिवडाले भने, “त्यसको लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।”
उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।
प्रकाशित मितिः२०७६ माघ ०८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
५ जेठ २०८२ १३:२५