एन्ड्रोइड भन्दा पनि आइफोन ह्याक हुने सम्भावना बढी !

भक्तपुर न्यूज

१३ पुष २०७६ ८:५३

एन्ड्रोइड भन्दा पनि आइफोन ह्याक हुने सम्भावना बढी !

काठमाडौं । तपाईहरुले आ–आफ्नो साथी तथा घर–परिवारबाट सबै भन्दा बढी सुरक्षित फोन आइफोन भएको सुन्दै आउनुभएकै होला । त्यस्तै हामी सबैलाई थाहा भएकै कुरा हो, सेक्युरिटी फिचरकै कारण आइफोन सबै भन्दा बढी महंगो ब्राण्ड बनेको हो ।

तर, भर्खरै सार्वजनिक भएको एक अनुसन्धानमा एन्ड्रोइड फोन भन्दा पनि आइफोन ह्याक हुने बढी सम्भावना भएको उल्लेख गरिएको छ । इङ्गल्याण्डमा भर्खरै सम्पन्न गरिएको एक अनुसन्धानमा सस्तो एन्ड्रोइड फोनहरुको तुलनामा आइफोन ह्याक हुने सम्भावना १६७ गुणा बढी हुने उल्लेख गरिएको छ ।

इङ्गल्याण्डमा फोनसँग जोडिएको मुद्दा हेर्ने कम्पनी ‘केस २४ डट कम’का अनुसार यो आँकडा गुगल सर्चको विश्लेशनबाट जम्मा पारिएको हो । अनुसन्धानकर्ताहरुले कति जना ह्याकरले फोन ह्याक गर्न चाहन्छन् ? भन्ने विषयमा अनुसन्धान गरिएको थिए ।

जहाँ सात सय पटक सामसुङ मोबाइललाई कसरी ह्याक गरिन्छ ? भनेर सर्च गरिएको थियो । तर, १०,०४० पटक आइफोनलाई कसरी ह्याक गरिन्छ ? भनेर गुगल सर्च गरिएको पाइएको छ ।

मानिसहरुले सबै भन्दा बढी एन्ड्रोइड फोनलाई कसरी ह्याक गर्न सकिन्छ ? भनेर सर्च गर्ने गरेको अनुसन्धनमा उल्लेख गरिएको छ ।

सबै ब्राण्डका मोबाइलहरु कसरी ह्याक गर्न सकिन्छ भनेर मसिक १०० पटक भन्दा बढी सर्च गरिएको छ । तर, सोनी ब्राण्डका मोबाइल भने मासिक ५० पटक भन्दा कम सर्च गरिएको अनुसन्धनमा उल्लेख गरिएको छ ।

अनुसन्धानमा उल्लेख गरिए अनुसार करिब १२,३१० जना ब्रिटिशहरुले अरुको इन्स्टाग्राम कसरी ह्याक गर्न सकिन्छ भनेर सर्च गर्दै आएको उल्लेख गरिएको छ ।

प्रकाशित मितिः २०७६ पुस १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *