ओपोको एनाइन २०२०को भ्यानिला मिन्ट एडिशन नेपालमा

भक्तपुर न्यूज

१ पुष २०७६ ११:०८

ओपोको एनाइन २०२०को भ्यानिला मिन्ट एडिशन नेपालमा

काठमाडौं। ओपोले ए-सिरिज अन्तर्गतको एनाइन २०२०लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिस्मस र न्यू-ईयर लक्षित गर्दै , आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्तामाझ कृतज्ञतास्वरुप कम्पनीले यो नयाँ उत्पादन प्रस्तुत गरेको हो ।

सर्वाधिक मितब्ययी ८जीबी मोबाइल फोन

यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२०ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ, सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट ईडिसनमा सार्वजनिक गरेको हो ।

ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टि टास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटर्फम जडान गरिएको छ । साथै, यसमा जीबी र्‍यामका साथमा १ सय २जीबी सञ्चय क्षमता पनि उपलब्ध गरिएको छ । यसमा रहेको ११एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै, उर्जा खपतमा समेत तेवा पुर्‍याउँछ ।

क्यामेरा प्रणाली

फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदानगर्ने सोचका साथएफर १.८ एपर्चरका सहितको ४८ एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफ भ्यू दिने अल्ट्रा वाइड ८-एमपी लेन्स पनि उपलब्ध गरिएको छ । यो उपकरणले फोरके भिडियो पनि सपोर्ट गर्छ । यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ ।

फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्रीले मज्जाले एक दिनभन्दा लामो समय सम्म टिक्छ । लामो समयसम्म गेमिङ तथा चलचित्रको मज्जा लिनेहरुका लागि समेत यो फोन निकै उपयुक्त छ । लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री आरामले ११ घण्टा सम्म टिक्छ ।

ओपो एनाइन २०२०को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘अत्याधुनिक स्पेसिफिकेशन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२० ले नेपालमा निकै लोकप्रियता कमाउन सफल रहेको छ । क्रिस्मस र न्यू-ईयर नजिकिँदै गर्दा चिसो मनोरम मौसमको मज्जा लिइरहेका हाम्रा उपभोक्तासंग खुशी साट्ने सोचका साथ हामीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेका हौँ । यसले उपभोक्ताको थप नजिक हुन सघाउ पुग्नेमा हामी आशावादी छौँ ।’

मूल्य र उपलब्धता

कम्पनीको नेपालभर रहेका प्रमुखविक्रि केन्द्र मार्फत ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसन सहजै उपलब्ध गरिएको छ । कम्पनीले यसको बजार मूल्य रु ३३ हजार ५ सय ९० निर्धारण गरेको छ । फोनबजारमा पछिल्लो पटक सार्वजनिक गरिएझै मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेका छन् ।

प्रकाशित मितिः २०७६ पौष ०१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *