अब फेसबुकबाट गुगलमा फोटो सार्न सकिने

भक्तपुर न्यूज

२२ मंसिर २०७६ ८:५८

अब फेसबुकबाट गुगलमा फोटो सार्न सकिने

काठमाडौं। सोसल मिडिया साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि एक नयाँ टूल लिएर आएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् ।

फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको हो । सन् २०२० बाट यो विश्वका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । गत वर्ष फेसबुकले घोषणा गरेको डाटा ट्रान्सफर परियोजनाकै एक हिस्साको रुपमा यो नयाँ टूलको विकास गरिएको भनाइ छ ।

फेसबुकको डाटा ट्रान्सफर प्रोजेक्टले एप्पल, गुगल, माइक्रोसफ्ट तथा ट्वीटरसँग मिलेर प्रयोगकर्तालाई आफ्ना डाटाहरुलाई विभिन्न अनलाइन सेवाहरुको बीचमा ट्रान्सफर गर्ने एक आम तरिका उपलब्ध गराउनेछ ।

फेसबुकले एक ब्लग पोष्टमा लेखेको छ, ‘यो प्रोजेक्टको उद्देश्य प्रयोगकर्ताका लागि फरक-फरक तथा हरेक प्रकारका सेवाको बीचमा सुरक्षित रुपले एक सेवाबाट अर्को सेवामा डाटा ट्रान्सफर गर्नु हो । जसबाट यी सेवाहरु प्रयोग गर्नेहरुका डाटाहरु प्रसारयोग्य हुनेछन् ।’

वास्तवमा डाटा ट्रान्सफर प्रोजेक्ट एउटा ओपन सोर्स प्लाटफर्म हुनेछ । यसको सहयोगबाट अनलाइन सर्भिस प्रोभाइडर्सले आफ्नो आवश्यकताअनुसार डाटा ट्रान्सफर गर्न पाउनेछन् । फेसबुकले ब्लग पोष्टमा भनेको छ, ‘यो परियोजना ओपन सोर्स लाइब्रेरीको मद्दतबाट कुनैपनि सर्भिसका लागि उपलब्ध हुनेछ, जसले प्रयोगकर्ताको ठाउँमा सीधै डाटा ट्रान्सफर गर्न चाहन्छ । यसबाट हरेक अनलाइन सर्भिस कम्पनीहरुलाई आ-आफ्नो अलग्गै सिस्टम बनाउनु पर्ने छैन र यो ओपन सोर्स फ्रेमवर्क सबै सर्भिसले प्रयोग गर्न पाउनेछन् ।’एजेन्सी

प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *