डब्ल्यूटीःसोशलमा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य
काठमाडौं । विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीःसोशलमा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन् ।
सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्ने बताएको छ ।
अहिलेलाई उक्त सञ्जालमा सहभागी हुन चाहनेहरुलाई प्रतीक्षाको सूचीमा राखेर अन्यलाई निम्तो पठाउन आग्रह गर्ने वा चन्दा दिएर चलाउन पाउने व्यवस्था गरिएको छ ।
डब्ल्यूटीःसोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरुले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ ।यसको टाइमलाइनमा आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेयर गरेका नयाँ समाचार सामग्री पहिला देखिनेछ । हाललाई यसको प्रयोगकर्ताहरुले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्छन् । बीबीसी
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार