६ महिनादेखि निष्क्रिय रहेका ट्वीटर अकाउन्टहरु अब बन्द हुने

भक्तपुर न्यूज

१४ मंसिर २०७६ ९:१३

६ महिनादेखि निष्क्रिय रहेका ट्वीटर अकाउन्टहरु अब बन्द हुने

काठमाडौँ।लामो समयदेखि निष्क्रिय रहेका ट्वीटर अकाउन्टहरु अब बन्द हुने भएका छन् । माइक्रोब्लगिङ साइट ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका अकाउन्टहरु बन्द गर्ने तयारी गरेको हो ।

यसको पूर्वतयारी स्वरुप ट्वीटरले यस्ता निष्क्रिय ट्वीटर प्रयोगकर्तालाई चेतावनीयुक्त इमेल पठाउन सुरु गरेको छ । यदि पछिल्लो ६ महिनादेखि निष्क्रिय रहेका अकाउन्टहरु डिसेम्बर ११ सम्म पनि साइन इन नगरेमा स्वतः बन्द हुनेछन् । त्यसरी हटाइएका ट्वीटर अकाउन्टको युजर नेम अरुले प्रयोग गर्न सक्नेछन् ।

‘द भर्ज’मा प्रकाशित रिपोर्टमा ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘प्रयोगकर्ताहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता स्वरुप हामीले निष्क्रिय अकाउन्टहरुलाई बन्द गर्ने कार्य गरिरहेका छौँ, ताकि मानिसहरुले बढ्ता सटिक, विश्वसनीय जानकारी प्राप्त गर्न सकुन् र ट्वीटरमाथि पूर्ण भरोसा गर्न सकुन् ।

उनका अनुसार यो प्रयासले मानिसहरुलाई ट्वीटरमा खाता खोलिसकेपछि सञ्जालमा सक्रिय हुन तथा ट्वीटरको नियमित प्रयोग गर्नका लागि प्रोत्साहित गर्नेछ ।

निष्क्रिय प्रयोगकर्ताहरुलाई चेतावनीयुक्त इमेल पठाउन सुरु गरेको ट्वीटरले बन्द गरिएका ट्जीटर अकाउन्टका युजरनेम कहिलेदेखि अरुलाई उपलब्ध गराइन्छ भन्ने चाहिँ खुलाएको छैन । ट्वीटरका अनुसार अकाउन्ट बन्द गर्ने प्रक्रिया केवल एक दिनमा होइन, कैयन् महिनामा पूरा हुनेछ ।

स्मरण रहोस् ट्वीटरले प्रयोगकर्तालाई आफ्ना ट्वीटहरुको ‘रिट्विट’ र ‘मेन्सन’ माथि अधिक नियन्त्रण प्राप्त गर्ने फिचरको तयारी गरेको छ । जस अनुसार प्रयोगकर्ताले आफ्ना कुनैपनि ट्वीट अन्यले रिट्वीट तथा मेन्सन गर्न नसक्ने गरी सेटिङ गर्न सक्नेछन् । आगामी वर्षबाट यो फिचर ल्याउने योजना ट्वीटरको रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ मंसिर १४ शनिवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *