एन्ड्रोइड फोनलाई एप्पलले के गर्छ ?

भक्तपुर न्यूज

९ मंसिर २०७६ ८:२४

एन्ड्रोइड फोनलाई एप्पलले के गर्छ ?

काठमाडौं ।एप्पल कम्पनीले आफ्ना आइफोनको प्रतिस्पर्धी एन्ड्रोइड फोनहरुलाई के गर्छ होला ?

एप्पल कम्पनीका सीइओ टिम कुकुले हालै यस विषयमा निकै घतलाग्दो तथा मुखभरिको जवाफ दिएका छन् ।अमेरिकाको सनफ्रान्सिस्कोमा हालै अयोाजित सेल्सफोर्स कम्पनीको ड्रिमफोर्स २०१९ नामक सम्मेलनका क्रममा उनले एन्ड्रोइड फोनप्रति निकै रुखो तथा पेचिलो व्यवहार प्रदर्शन गरे । छलफल सत्रका क्रममा दर्शकहरुलाई कुकले सोधे, ‘तपाइँहरुमध्ये को को सँग आइफोन छ ?’

त्यसपछि उनले ठट्यौली पारामा भने, ‘यदि तपाइँहरुसँग एन्ड्रोइड फोन छ भने हामीले त्यसलाई एप्पल स्टोरमा रिसाइकल गरिदिन्छौँ ।’त्यसक्रममा उनले एप्पलका डिभाइस प्रयोग गरेकोमा दर्शकहरुलाई धन्यवाद दिए ।

सफ्टवेयर कम्पनी सेल्सफोर्सका सीईओ मार्क बेनिओफसँगै छलफल सत्रमा सहभागी भएका टिम कुक आविष्कार, डाटा गोपनियता, आर्टिफिसियल इन्टेलिजेन्स, वातावरण तथा एप्पलका संस्थापक स्टिभ जब्ससँगको आफ्नो सम्बन्ध लगायतका बारेमा बोलेका थिए ।

स्मरण रहोस्, एप्पलको प्रतिद्वन्द्वी गुगलको एन्ड्रोइडविरुद्ध जब्सले खरो टिप्पणी गरेको यो पहिलोपटक होइन । यसअघि उनले प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विषयमा फेसबुक तथा गुगलको तिव्र आलोचना गरेका थिए ।

छलफलका क्रममा उनले गोपनीयता मानिसहरुको आधारभूत अधिकार रहेको भन्दै उपभोक्ताले प्रयोग गर्ने कुनै पनि प्रडक्टको निर्माण तथा विकासमा गोपनीयता संरक्षणलाई अंगीकार गर्नुपर्ने बताए ।

इन्नोभेसन अर्थात् उन्नयन भनेको केवल चिजहरुलाई परिवर्तन गर्नुमात्र नरहेको भन्दै उनले भने ‘इन्नोभेसन भनेको चिजलाई विद्यमानभन्दा राम्रो बनाउन सक्नु नै हो । इन्नोभेसनले फगत परिवर्तन भन्दा निकै गहिरो सोचको खोजी गर्दछ ।’इन्नोभेसन एप्पलको सेक्रेट भएको उनको भनाइ छ ।

प्रकाशित मितिः२०७६ मंसिर ९ सोमवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *