आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन दूरसञ्चार प्राधिकरणकाे अनुराेध
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन प्रयोगकर्तासँग अनुरोध गरेको छ ।
सरकारले विद्युतीय प्रणालीमार्फत नागरिकलाई सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले नागरिक एप्स बनाइरहेको छ । नागरिक एप्समा मोबाइल नम्बर पनि लिंक गरेर सबै सूचना र जानकारी राखिने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको हो ।
यदि कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरेको भए आफ्नो नाममा रजिष्ट्रेसन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।उपभोक्ताले प्रयोग गर्ने मोवाइल नम्बरलाई नागरिकको पहिचानको माध्यम बनाउँदा सरल र सहज हुने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन र अरुको नाममा रहेको भए आफ्नो नाममा बनाउन अनुरोध गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ९ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१