अब फिटकिरी डटकममा नि:शुल्क विज्ञापन !

भक्तपुर न्यूज

९ भदौ २०७६ ५:५७

अब फिटकिरी डटकममा नि:शुल्क विज्ञापन !

काठमाडौं ।सूचना प्रविधिले द्रूत गतिमा नयाँ- नयाँ सेवा र सुविधा युक्त प्रविधिहरु भित्र्याइ रहेको बेला फिटकिरी डटकमले डिजिटल माध्‍यमबाट नि:शुल्क अनलाइन वर्गिकृत विज्ञापनको सुरुवात गरेको छ। नेपालमा पनि डिजिटलाइजेशनको प्रयोग बढ्दै जाँदा बजारको आवश्यकतालाई महसुस गर्दै मध्यनजर फिटकिरीले नि:शुल्क सेवा शुरु गरेको हो।

फिटकिरी डटकमले नि:शुल्क अनलाइन वर्गिकृत विज्ञापन गर्न सकिने, आफ्नो पुरानो तथा नयाँ सामानको विज्ञापन गर्नु परेमा प्रयोगकर्ताले फिटकिरी डटकममा नि:शुल्क खाता बनाई सामान, सेवा तथा जागिरको विज्ञापन गर्न सक्ने छन्।

यसका साथै अनलाइन सेवा फिटकिरी प्रयोगकर्ताले आफनो कम्प्युटर र मोवाइलबाट आफूलाई चाहिने पुरानो तथा नयाँ सामानहरु चयन गरि विना एजेण्ट सिधै बिक्रेतासँग सम्पर्क गरि कारोबार गर्न सक्नेछन्।

फिटकिरी डटकम एकदमै नौलो र सजिलो अनलाइन वर्गिकृत विज्ञापन माध्यम भएको निर्देशक तुलसीराम पौडेलले बताए। एउटै विज्ञापनमा धेरै फोटोहरु अपलोड गर्न सकिने, सजिलै खोज्न सकिने, वर्गिकृत ट्याग र सफा डिजाइन फिटकिरी डटकमको विशेषता रहेको कुरा पौडेलको भनाई छ।

एकिकृत वर्गिकृत विज्ञापन सेवालाई स्थापित गर्ने उद्देश्यले यो माध्यम विकास गरिएको हो। आफूलाई कर्मचारी चाहिएमा यो माध्यममा विज्ञापन गर्न र जागिर खान खोज्नेलाई जागिर खोज्न सकिने यसको अर्को मुख्य विशेषता हो। सञ्चालनमा आएको छोटो समयमा प्रयोगकर्ताले दिएको प्रतिक्रियाले आफू उत्साहित भएको र चाडै मोवाइल एप्लिकेशन पनि सञ्चालनमा ल्याउने पौडेलले बताए।

प्रकाशित मितिः २०७६ भदौ ९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *