युट्युबले डिलिट गर्‍यो २१० वटा च्यानल

भक्तपुर न्यूज

६ भदौ २०७६ १०:१३

युट्युबले डिलिट गर्‍यो २१० वटा च्यानल

काठमाडौं । हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गर्ने २१० वटा युट्युब च्यानल गुगलले बन्द गरेको छ ।

हाल भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गर्ने च्यानलहरु बन्द गरिएको बताए पनि ती च्यानलको सम्बन्ध चीनसँग रहेको या नरहेको भने खुलाएको छैन । तर ती च्यानलहरुले सामान खालका सामग्री अपलोड गर्दै आएका थिए ।

केही दिनअघि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने एकाउन्टहरु डिलिट गरेका थिए । ती एकाउन्टहरु चीनसँग सम्बन्धित रहेको उनीहरुले बताएका थिए ।

चीनबाट सञ्चालित ती एकाउन्ट मार्फत हङकङमा भइरहेको प्रदर्शनको आधिकारिकता र राजनीतिक हैसियत कम गर्ने प्रयास भएको ट्वीटरले उल्लेख गरेको थियो ।

ट्वीटर र फेसबुक दुवैले यस्ता अरु पनि एकाउन्ट तथा पेजा या ग्रुपहरु रहेको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् । तर युट्युबले भने च्यानल बन्द गरे पनि त्यसको सम्बन्ध चीनसँग रहे–नरहेको खुलाएको छैन ।एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *