भक्तपुर । मह र दुध हाम्रो लागी कुनै नयाँ कुरा हैन । हरेक मानिसको घरमा मह र दुध दुवै पाइने गर्छ । मह र दुधले हामीलाई पुर्याउने केहि फाइदा त हामीलाई थाहा छ तर यी दुवैलाई मिसाएर खाने गरेमा के फाइदा पुग्दछ त रु यस बारेमा भने कमै मानिसलाई थाहा हुन्छ । महलाई आयुर्वेदमा विभिन्न खालका औषधीहरु बनाउन प्रयोग गरिन्छ । त्यसतै दुधमा पाइने विभिन्न खालका पौष्टिक तत्वहरु हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छन् ।
दुध र मह मिसाएर खाँदा हामीलाई पुग्ने फाइदा यस्ता छन्
१, हरेक दिन तातो दुधमा मह मिसाएर खाने गरेमा हामीलाई हुने विभिन्न तनावहरु कम हुने गर्छ ।
२, यदी तपाईलाई राती निन्द्रा लाग्दैन भने सुत्नुभन्दा १ घण्टा अगाडी दुधमा मह मिसाएर खाने गर्नुहोस तपाईलाई मिठो निन्द्रा लाग्छ ।
३, दुधमा मह मिसाएर खाने गरेमा खाना मजाले पच्छ र कब्जियत जस्ता समस्या हराएर जान्छ ।
४, यसको सेवनले हड्डीमा हुने विभिन्न खालका नोक्शान निको हुन्छ । त्यसतै यसले हड्डी बलियो बनाउँछ ।
५, यसको सेवनले हाम्रो मनाषिक र शारीरिक बिकास राम्रोसंग हुन्छ ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments