काठमाडौं । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।
यस्तै, एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत तथा रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् । उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।
प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार
Comments