काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक ८ दशमलव ३३ अंकले बढेर १९७४ दशमलव २७ को विन्दुमा पुगेको छ ।
आज ३०४ कम्पनीका ४४ हजार २ सय १९ पटकको कारोबारमा ६३ लाख ६२ हजार २ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ४५ करोड ७२ लाख १८ हजार ४ सय ९५ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५४ अंकले बढेर ३४९ दशमलव ७३ को विन्दुमा पुगेको छ । आइतबार फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको भएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार
Comments