काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो।
यससँगै सिरिजमा १-१ को बराबरी भएको छ । यसअघि शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । वेस्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १५० रनमा समेटियो ।
प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार
Comments