छाती पोल्ने, घाँटीमा केही अड्किए झैं हुने ग्याष्ट्रिक नै हो ?

0

काठमाडौं । पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने, छातीको माझमा दुख्ने समस्या लिएर धेरैजना अस्पताल आउने गर्छन् । यस्तो समस्या देखिनसाथ हामी ‘ग्याष्ट्रिक भयो’ भन्छौं ।

तर, सबै अवस्थामा यो ग्याष्ट्रिक नहुन सक्छ । के त्यसो भए यो अल्सरको कारण हो त ? कतिपय यस्तो प्रश्न पनि गर्छन् ।

अल्सर हुँदा पेटको दुखाई बढ्छ, कतिपयलाई बान्ता हुन्छ, खान मन लाग्दैन । यो समस्या बढ्दै गएमा दिसा कालो पनि हुन्छ । तर, सबैमा ग्याष्ट्रिक र अल्सरका लक्षण यस्तै नहुन पनि सक्छ । यसो भनिरहँदा पेटका हरेक समस्या ग्याष्ट्रिक र अल्सर मात्र हुँदैनन् ।

कति बिरामी ग्याष्ट्रिक र अल्सर नभएर पेट एवं खाना नलीलाई असर गर्ने समस्याबाट ग्रसित हुन्छन् । तर, साधारण ग्याष्ट्रिक भनेर उपचारका लागि चक्कर लगाइरहेका हुन्छन् । जबकि यो फरक समस्या पनि हुनसक्छ ।

सामान्यत आमाशयले एसिड पैदा गर्छ । यो एसिडले खानेकुरा पचाउन र किटाणुबाट बचाउन मद्दत गर्छ । तर, जब यो एसिडको मात्रा धेरै हुन्छ, कसैको खानानली र पेट जोड्ने भाग खुकुलो भएर आउँछ । यतिबेला पेटको एसिड छाती वा घाँटीसम्म आइपुग्छ । त्यसलाई रिफ्लक्स (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) भनिन्छ । यस्तो किन हुन्छ त ?

यसमा एउटा मात्र जवाफ छैन । जस्तो कहिले काहीँ पेटको एसिड बढाउने खानेकुरा खाइएको बेला, कहिले खानसाथ सुतेको अवस्थामा, कहिले लामो समयसम्म खाली पेट बसको अवस्थामा एसिड बढ्ने वा घाँटीतरि आउने हुनसक्छ ।

यस्तो अवस्थामा घाँटी पोल्ने, घाँटीमा केही अड्किए जस्तो हुने, केहि चिज खाएपछि अमिलो डकार आउने, अमिलो पानी आउने, सुख्खा खोकी लाग्ने आदि समस्या हुन्छ । खासगरीी सुतेको बेला वा बिहानीपख यस्तो समस्या बढ्छ ।

यसको मूल जड भनेको खराब खानपान नै हो । चिल्लोचाप्लो, मसलेदार, जंकफुड, माछामासु धेरै खाएमा सहजै पच्दैन । त्यसैगरी मदिराले पनि यसमा थप समस्या ल्याउँछ । मानसिक चिन्ता, तनावले पनि पेटमा समस्या पैदा गर्छ । जथाभावी खानपान गर्ने युवाहरु, मोटोपन भएका व्यक्ति आदि समेत यस्ता समस्याबाट ग्रसित भइरहेका हुन्छन् ।

प्राय रिफ्लक्स भएका व्यक्तिहरु ‘ग्याष्ट्रिक’ भनेर उपचार खोजिरहेका हुन्छन् । समस्याको सही पहिचान नहुँदा ग्याष्ट्रिककै औषधि खाइरहेका हुन्छन् । औषधि खाँदा हल्का निको भएको अनुभव हुन्छ । तर, औषधि छाड्नसाथ सो समस्या ज्यूँको त्यूँ रहन्छ ।

यदि लामो समयसम्म ग्याष्ट्रिकको औषधि खाइहँदा पनि निको भएन भने रिफ्लक्सको समस्या भएको हुनसक्छ । किनभने अहिले यस्ता समस्या भएका लिएर आउनेहरु बढेका छन् । किन ?

१. चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग ।

२. जंक फूड, चिल्लो, अमिलो, पिरो, अजिनोमोटो राखेको खाजा, चट्पटे, पानीपुरी, दालमोठ, चाउचाउ, तेल–घिउमा फ्राइ गरेको, पकौडा, समोसा, निम्किन, चकलेट, चना, केराउ स्थायी खाजाको रुपमा खाने ।

३. लामो समयसम्म खाली पेट बस्ने, खानपिनको समय तालिका नमिलाउने, घरबाहिरको खाजा बढी खाने ।

४. दुइ छाक टन्न खाने ।

५. दूध चिया र कफी बढी पिउने

६. चकलेट, कोक, फ्यान्टा जस्ता कृतिम पेय पदार्थको बढी प्रयोग ।

यसले पेटको अनेक समस्या निम्त्याएको छ । त्यसैले सो समस्याबाट बच्नका लागि यस्ता खानपान त्याग्नु जरुरी छ । साथसाथै निम्न कुरामा पनि ध्यान दिनुपर्छ ।

–सही ढंगले सही मात्रामा पानी पिउने ।

–फाइबरयुक्त सागसब्जी खानामा सामेल गर्ने ।

–मौसमी फलफूल र ताजा सलाद दिनहुँ खाने ।

–एकैसाथ धेरै खानेकुरा नखाने । दिनमा तीन–चार पटक थोरै थोरै खानेकुरा खाने ।

–राती सुत्नुभन्दा दुई घण्टा अगाडि नै खाने । रातीको खाना हल्का र सुपाच्य हुनुपर्छ ।

–शारीरिक रुपमा सक्रिय रहने । चिकित्सकको सल्लाह अनुसार औषधि खाने ।

प्रकाशित मितिः २०८० असोज ०२ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション