रगत अनियन्त्रित बग्ने रोग हेमोफिलियाको उपचार के छ ?

0

काठमाडौं । हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि हुँदा देखिने वंशाणुगत समस्या हो । मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्त्व हुन्छ । यसले सामान्य चोटपटक लाग्दा धेरै रक्तस्राव हुन दिंदैन । रगत जमाउने यो प्रक्रियालाई ‘क्लटिङ फ्याक्टर’ भनिन्छ ।

रगत जमाउने क्लटिङ फ्याक्टरको कमी भयो भने रगत जम्न पाउँदैन, त्यही अवस्थालाई हेमोफिलिया भनिन्छ । क्लटिङ फ्याक्टर उत्पादन हुन नसक्नुमा जिनको समस्या कारण हुनसक्छ । यसले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तस्राव भइरहन्छ ।

यो रोग आमाबाट पुरुष सन्तानमा सर्छ । फिमेल क्यारियर अर्थात् महिला बाहक हुने र उनीबाट जन्मिएका पुरुष सन्तानमा देखिने वंशाणुगत समस्या हेमोफिलिया हो । तर ‘म्युटेसन’को एक तिहाइ समस्या जो कोहीलाई पनि देखिन सक्छ ।

मानव रगतमा १३ प्रकारका प्रोटिन पाइन्छन् । त्यसमध्ये रगतमा आठौं र नवौं तत्त्वको कमी हुँदा हेमोफिलियाको समस्या देखा पर्छ । क्रोमोजोमले रक्त तत्त्वमा पाइने प्रोटिन उत्पादनमा भूमिका खेल्न नसक्दा यो समस्या आउँछ ।

हेमोफिलिया दुई किसिमको हुन्छ । ‘फ्याक्टर-८’ कमी हुने व्यक्तिलाई हेमोफिलिया ‘ए’ पीडित भनिन्छ । ‘फ्याक्टर-९’ कमी हुनेलाई हेमोफिलिया ‘बी’ पीडित भनिन्छ । हेमोफिलिया पीडितको रगतमा फ्याक्टर-८ वा फ्याक्टर-९ को मात्रा थोरै हुन्छ । जसले छिट्टै फाइब्रिन जालोको निर्माण हुन सक्दैन र चोटपटकबाट बगेको रगत हत्तपत्त रोकिंदैन ।

विश्व हेमोफिलिया महासंघको अनुसन्धान अनुसार नेपालमा लगभग पाँच हजार फेमोफिलियाको बिरामी छन् । २०७८ सालको जनगणनाले पनि चार हजार ९०० जना हेमोफिलियाको बिरामी रहेको देखाएको छ । तर तीमध्ये करिब ९०० सय जना बिरामीले मात्र उपचार पाइरहेका छन् ।

हेमोफिलियाका लक्षणहरू

-शरीरको कुनै पनि भाग टाउकोदेखि खुट्टासम्म जहाँबाट पनि रक्तस्राव हुने

-शरीरमा नीलडाम देखिने

-चोटपटक लाग्दा रगत नरोकिने

-शरीरभित्र रक्तस्राव हुने

-दिसा पिसाबमा रगत जाने

-जोर्नीहरूमा रगत बग्ने

-जोर्नी दुख्ने तथा सुन्निने

-मांसपेशीमा रक्तस्राव हुने

-गिजा, दाँत र नाकबाट रगत बग्ने

यसबाट बच्न सकिन्छ ?

आमाबुबामध्ये कसैलाई हेमोफिलियाको समस्या छ भने उसबाट हुने सन्तानलाई पनि हुन सक्छ । त्यसैले यो समस्याबाट बच्चालाई जोगाउन आमाबुबाको कुन जिनमा खराबी छ भने त्यो जिनलाई जाँच गरेर र बच्चाको पनि जिन जाँच गर्दा हेमोफिलिया हुने देखियो भने बच्चालाई नजन्माउनु नै ठीक हुन्छ ।

आमालाई हेमोफिलिया छ भने ओभम आमाबाट नलिएर अर्को डोनरबाट लिएर आईभीएफ विधिबाट बच्चा जन्माइयो भने पनि यो समस्याबाट बच्न सकिन्छ । बुबामा हेमोफिलिया छ भने बुबाको स्पर्म नलिएर डोनरबाट स्पर्म लिन सकिन्छ । यो रोगको रोकथाम गर्ने यी दुई उपाय मात्र हुन् ।

उपचार

यो रोगको पूर्ण उपचार सम्भव छैन । तर केही विधिबाट लक्षण र यसबाट हुने हानि भने धेरै हदसम्म कम गर्न सकिन्छ । कुनै ठूलो चोटपटक वा दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ ।

हेमोफिलियाका बिरामीलाई क्लटिङ फ्याक्टर प्रतिस्थापन गरेर यसको उपचार गरिन्छ । इन्जेक्सनको प्रयोगद्वारा पनि रगतमा फाल्चाको निर्माण गर्न सकिन्छ । हेमोफिलियाको समस्या गम्भीर छैन भने औषधि सेवनबाट पनि यो समस्या कम गर्न सकिन्छ ।

यस रोगको मुख्य दुई उपचार विधि छन् । एउटा सातामा दुई दिन वा तीन दिन क्लटिङ फ्याक्टर दिएर, अर्को जुन बेलामा समस्या देखिन्छ त्यो बेलामा मात्र क्लटिङ फ्याक्टर दिएर रक्तस्राव बन्द गर्न सकिन्छ ।

हेमोफिलिया दुर्लभ प्रकारको रोग हो । बिरामीको संख्या कम भएकाले यो रोगको उपचार एकदमै महंगो छ । एउटा औषधिको मूल्य २५ देखि ३० हजार रुपैयाँसम्म पर्न आउँछ । बिरामीलाई यो उपचार आफैं गर्न गाह्रो छ । विदेशी दाताको सहयोगमा नै बिरामीले उपचार पाइरहेको अवस्था छ ।

जटिलता

हेमोफिलियामा अनियन्त्रित रगत बग्ने भएकाले उपचार नपाएको खण्डमा बिरामीमा गम्भीर किसिमको रक्तअल्पता हुन्छ ।

जोर्नीबाट बारम्बार रगत बग्यो भने जोर्नी बिग्रिएर शारीरिक अपांगता हुने समस्या हुन सक्छ । दिमागमा रगत बग्यो भने त्यसको कारण बिरामीको मृत्यु नै हुन सक्छ । अनियन्त्रित रक्तस्राव हुँदा बिरामीमा अपांगताको समस्यादेखि मृत्युको समेत जोखिम हुन्छ ।

प्रकाशित मितिः २०८० बैशाख २८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション