काठमाडौं । ल्वाङ मसलाको रुपमा मात्र नभई विभिन्न औषधीको रुपमा समेत प्रयोग हुने गरेको छ ।जसको प्रयोग गर्दा सामान्य समस्याका कारण दुखाई वा पीडा लिएर बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।
ल्वाङको प्रयोगले दाता दुखेको, रुघा ज्वरो आएको, मुखमा घाउ आएको, टाउको दुखाइ लगायतका समस्या समाधानका लागि निकै फाइदाजनक हुन्छ ।
कसरी गर्ने प्रयोगः
रुघा र ज्वरोः यसका लागि एक लिटर पानीमा १० वटा ल्वाङ राखेर उमाल्ने र मनतातो पानी पिउने ।
जुकाः जुका परेको छ भने ३–४ वटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर ३–४ दिन खाने ।
टाउँको दुखाईः १० वटा ल्वाङ पिसेर नरिवलको तेलमा मिसाउने र टाउको दुखेको समयमा मालिस गर्ने ।
मुखमा घाउः मुखमा घाउ भएको खण्डामा ३–४ दाना ल्वाङ मुखमा लिने
दात दुखेः ४–५ वटा ल्वाङ पिस्ने र कागतिको रसमा मिसाएर दुखेको दातमा लगाउने ।
पेटको ग्यासः पेटमा ग्यास भरिएमा एक कप पानीमा ३ वटा ल्याङ पिसेर हाल्ने र मनतातो पानी खोन यसो गर्दा ग्यासको समस्याबाट मुक्ति पाइन्छ ।
प्रकाशित मितिः २०७८ मंसिर १ बुधबार
Comments