माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बुधबार बस्दै छ । बैठक दलकै कार्यालयमा दिउँसो २ बजे बस्न लागेको हो ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् । माओवादी केन्द्रले समग्र राजनीतिक परिस्थितिको जानकारी सांसदहरुलाई गराउन पनि दलको बैठक बोलाइएको जनाएको छ ।
एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिन लागेका हुन् । यस्तै, अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७