कोरोना भाइरसको कारण पर्यटकको चहलपहल लेकसाइड सुनसान

भक्तपुर न्यूज

१९ फागुन २०७६ ११:३३

कोरोना भाइरसको कारण पर्यटकको चहलपहल लेकसाइड सुनसान

काठमाडौँ । पर्यटकीय नगरी पोखरा यतिबेला सुनसान छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सधैँ पर्यटकको चहलपहल बढी रहने लेकसाइड यतिबेला सुनसान बनेको हो ।

प्रतिवर्ष डेढ लाखको हाराहारीमा आउने चिनिया पर्यटकको आवागमन पोखरामा ठप्प छ । सिजनमा ३५ देखि ४० प्रतिशतको हाराहारीमा बुकिङ रहने होटलहरु यतिबेला खाली छन् ।

भएका बुकिङहरु पनि रद्द भएको पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले बताए ।

पर्यटकहरुको आवागमन ठप्प हुँदा पोखरेली पर्यटन व्यवसायीहरु यतिबेला मारमा परेका छन् । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना बोकेर नेपाल सरकारले सुरुआत गरेको ‘भिजिट नेपाल २०२०’ पनि आइतबार साँझ बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले स्थगित गरेको छ ।

४५ भन्दा बढी मुलुकमा देखिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *