पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध
काठमाडौं । सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरमा सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार छुट्ने गाडी ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माका अनुसार सडक खुलाउने प्रयास गरे पनि ठूलो पानी परेका कारण समस्या भइरहेको छ ।
करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा सम्पर्क बिच्छेद भएको बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले जानकारी दिए ।
प्रकाशित मितिः २०८१ असार १८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००