उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात

भक्तपुर न्यूज

२७ मंसिर २०७६ ७:०२

उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात

काठमाडौं। पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । यो वर्ष आठ वर्षयता सबैभन्दा चाँडो हिमपात भएको हो । विगतका वर्षमा पुषको पहिलो सातामात्र हिमपात हुने गरेको भएपनि यसवर्ष मंसिरको अन्तिम हप्तानै हिमपात भएको हो ।

हिमपातका कारण मुगु, हुम्ला, डोल्पालगायत उच्च पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा विमानस्थल नै अवरुद्ध भएको छ । यता किसानहरु भने हिमपातका कारण बालिनाली फस्टाउने भन्दै खुसी भएका छन् ।

पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसममा शनिबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अबको दुई दिनसम्म पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः २०७६ मंसिर २७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *