एकै परिवारका तीन बालवालिकाको मृत्यु
११ बैशाख, नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका १, पुडुवा गाउँमा मध्यरातमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालवालिकाको मृत्यु भएको छ । आइतबार राति साढे ११ बजे दुलारी मुराउको घरबाट शुरु भएको आगो नियन्त्रण हुनुअघि नै मुन्सी मुराउका तीन सन्तानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६ वर्षीय पवन मुराउ, ८ वर्षीय रामजी मुराउ र १० वर्षीया सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।
राति खाना खाएपछि बच्चालाई घरमा सुताएर बाबुआमा खलियानमा गहुँ दाउन गएका बेला यस्तो दुःखद घटना भएको हो ।
आगलागीको कारण खुलेको छैन । आगलागीबाट टोलका ८ वटा कच्ची घर नष्ट भएको बाँके प्रहरीले बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४