देउवा र मोदीबीच भेट

भक्तपुर न्यूज

२३ कार्तिक २०७३ ७:०३

देउवा र मोदीबीच भेट

काठमाडौं, २३ कार्तिक । दिल्ली भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटको पुष्टि गरेका छन् ।
भेटमा देउवा पत्नी आरजु देउवा पनि सहभागी थिइन् । भारतीय टोलीमा मोदीसहित विदेश सचिव जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोबललगायतको उपस्थिति थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवा इण्डिया फाउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत भ्रमणमा गएका थिए ।
गोवाको कार्यक्रम सकेर दिल्ली फर्किएका देउवालाई सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियाले भेटेका थिए । दिल्लीमा जवाहरलाल नेहरू विश्वविद्यालयले देउवालाई विशेष महाविद्यावारिधी प्रदान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *