भारतीय राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै पुग्ने
१३ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् ।
छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी राष्ट्रपति आफैं विमानस्थल पुगेर स्वागत गर्ने भएकी छ ।
शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी भारतीय समकक्षी मुखर्जीको स्वागत र बिदाई दुबैमा विमानस्थलमै पुग्ने कार्यक्रम तय भएको छ । भ्रमणलाई विशेष महत्व दिदैं सरकारकै आग्रहमा राष्ट्रपति भण्डारीले स्वागत र विदाई गर्न लागेको स्रोतले बतायो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३