एयरलाइन्सबाट आउँदा लगेज हराउने चोरी हुने समस्या

भक्तपुर न्यूज

८ कार्तिक २०७३ १५:५७

८ कात्तिक, काठमाडौं । अक्टोबर ७ मा अष्ट्रेलियाको पर्थ  विमानस्थलबाट  मलेसिया ट्रान्जिट हुँदै त्रिभुवन विमानस्थलमा उत्रिएकी सरिता खड्काको लगेज हराएपछि उनले केकेमात्र गरिनन्।  मालिन्डो एयरलान्समार्फत आएकी  उनको लगेजको अझैसम्म पनि अत्तोपत्तो छैन।
‘ल्यान्ड भएदेखि नै लगेजको खोजीमा गर्नुपर्नेजति सबै गरे’ उनले दुखेसो पोख्दै भनिन्,‘यतिसम्म कि मालिन्डो एयरलाइन्सको एयरपोर्ट अफिसमा राति ११ बजे गए।’ उनले यति पापड बेल्दा पनि उनको लगेज भने पाइएन।
प्रायजसो विदेशी एयरलाइन्सबाट त्यसमा ट्रान्जिट उडानबाट आउँदा लगेज हराउने चोरी हुने समस्या विमानस्थलमा धेरै देखिएको छ। यो चोरी हुने र हराउने काम विदेशी विमानस्थलहरुमा नै धेरै हुने गरेको भएपनि त्रिभुवन विमानस्थलमै चोरी भएको भनेर बाहिर खबर जाने गरेको बताउँछन् विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर।
तर जहाँ हराएपनि ति नेपालमा उडान भर्ने  सम्बन्धित एयरलाइन्सहरुलाई क्षतिपूर्तिको लागि दबाव  विमानस्थलले दिने काम गरिरहेको र यात्रुहरुको सहयोगको लागि आफूहरु सदैव तत्पर रहेको भनाई ठाकुरको छ।
सरिता खड्काको लगेज हराएपछि उनले हेलो सरकारदेखि प्रहरी, एयरलाइन्स विमानस्थल सबैतिर धाइन तर उनको लगेजको पत्तोमात्र होइन मालिन्डोले उनलाई यतिसम्म झुलायो कि विस्तारै उनलाई रेस्पोन्स गर्न छोडियो।
तर यसबारेमा मालिन्डोको विमानस्थल कार्यालयमा सम्पर्क गर्दा भने तीनहप्तासम्म लगेजकै खोजीको लागि समय लाग्ने र त्यसपछिमात्र क्षतिपूर्तिको प्रक्रिया सुरु हुने जानकारी दियो। मालिन्डोका अनुसार खड्काको लगेज खोजी कार्यमा जारी भएकोले अहिले नै क्षतिपूर्तिको प्रक्रिया सुरु भएको छैन।
विमानस्थलका प्रवक्ता ठाकुरले भने यदि कुनै यात्रुको लगेज हराएपछि टर्मिनलभित्र भएको सुचना केन्द्रमा सम्पर्क गर्न आग्रह गर्छन्। ‘हामी यात्रुलाई मर्का पर्न दिदैनौ’ उनले भने,‘यदि कुनै पनि एयरलाइन्सले त्यस्तै गैरजिम्मेवार कुरा गर्छ भने हामी त्यस्तो हुन दिँदैनौ।’साभार सतोपाटी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *