कांग्रेसमा मनोनयन अब दशैंपछि
२० असोज, काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् ।
सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् ।
स्रोतका अनुसार आकांक्षीहरुलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् ।
महाधिवेशन भएको सात महिना वितिसक्दा पनि सभापति देउवाले एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न नसकेको छ ।पदाधिकारीसहित केन्द्रीय सदस्य र विभागलाई पूर्णता नदिएकाले देउवा पार्टीभित्रै दिनदिनै आलोच्य बन्दै छन् ।
सभापति देउवाले दशैंअघि महामन्त्री, सहमहामन्त्री र प्रवक्ता मनोनयन गर्ने र त्यसपछि उपसभापति मनोनयन गर्ने तयारी गरेका थिए । तर, उपसभापतिको आकांक्षी मिलाउन कठिन भएपछि उनले अन्य पदाधिकारी मनोनयन पछि सारेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५