यसकारण सर्‍यो तरुण दलको महाधिवेशन

भक्तपुर न्यूज

३१ भदौ २०७३ २:०३

३१ भदौ, काठमाडौं । ३ देखि ५ असोजका लािग पूर्वनिधर्कारित कांग्रेस भातृ संगठन तरुण दलको चौथो महाधिवेशन करिब दुई महिना पर सरेको छ ।

Tarun-Dalमहाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले गठन गरेको निर्देशन समितिले आगमी २७ देखि २९ कात्तिकसम्म गर्नेगरी अर्को मिति तोकेको हो ।

तरुण दलको महाधिवेशनका लागि मिति तय गरिएको यो तेस्रो पटक हो ।

यसअघि रामचन्द्र पौडेल पक्षधर नेताहरुले पूर्वघोषित ३ असोजमा महाधिवेशन गरे वहिष्कार गर्ने धम्की दिँदै आएका थिए । तराईका सबै जिल्लामा जिल्ला अधिवेशननगरी केन्द्रीय महाधिवेशन गर्न नहुने अडान उनीहरुको रहेकाे छ ।देउवा र कृष्ण सिटौला पक्षधर नेता भने जुनसुकै अवस्थामा पनि पूर्वनिर्धारित मितिमा महाधिवेशन हुनुपर्ने बनाउँदै आएका थिए ।

देउवा पक्षले ६९ जिल्लामा जिल्ला अधिवेशन भएको बताउँदै आएको छ भने पौडेल पक्षले ५५ जिल्लालाई मात्र मान्यता दिनुपर्ने बताउँदै आएको छ । यही विषयमा पनि देउवा पक्ष र पौडेल पक्ष्बीच विवाद हुँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *